काठमाण्डु – ललितपुर महानगरपालिकाले आयोजना गरेको नदीजन्य विपद् व्यवस्थापनको तालिम समापन भएको छ ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमबीच १८ दिने तालिम समापन गरिएको हो ।
गत जेठ २८ गतेदेखि सुरु भएको सामुदायिक प्रकोप स्वयंसेवक तालिम र असार ८ गतेदेखि सुरु भएको र्याफ्ट डुङ्गा राउडलिङ र पानी उद्धार तालिमको सुरु गरिएको थियो ।
मंगलबार ललितपुरको टौदहमा डुंगा प्रयोग गरेर उद्धारको डेमो समेत प्रस्तुत गरिएको थियो ।
ललितपुरका मेयर चिरीबाबु महर्जनले महानगरले खरिद गरेको ४ वटा डुंगा प्रयोग गरेर उद्धारको तालिम प्रदान गरिएको जानकारी गराए ।
उनले भने, ‘हामीसँग उद्धारका लागि सबै सामग्री छ भन्ने अनुभूति गरेको थियौं । तर गत असोज ११ र १२ गतेपछि थाहा भयो कि हामीले डुंगाको व्यवस्था गर्नुपर्ने रहेछ । त्यसपछि ५ वटा डुंगा किन्ने भनेर अघि बढेका थियौं । ४ वटा डुंगा डेलिभरी भइसकेको छ । त्यही डुंगामा तालिम गराएर दिक्षित हुनुभएको छ ।’
उनले विपद् उद्धारको लागि तालिम दिएर तयारी अवस्थामा ललितपुर महानगर रहेको पनि बताए ।
प्रतिक्रिया