ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, एक जनाको मृत्यु ७ जना घाइते

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, एक जनाको मृत्यु ७ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । ललिपतपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाए ।

घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताए । घाइतेहरूको उपचार बिएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ । विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर ओेधोगिक क्षेत्रमा रहेको छ ।

विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो । सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ ।