आजदेखि ललितपुरमा पानीपुरी बेच्न नपाइने


काठमाण्डु – ललितपुर महानगरपालिकाले आजदेखि सडकमा पानीपुरी बेच्न रोक लगाएको छ ।

महानगरले हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरभित्रका सडकमा पानीपुरी बेच्न रोक लगाएको हो ।महानगरका नगरप्रहरी प्रमुख सीताराम हाछेथुले पानीपुरी बेच्न नपाइने गरी माइकिङ सुरु गरिएको बताए ।

महानगरभित्रका होटल रेस्टुरेन्टहरूमा भएको पानी सफा भए नभएको हेरेर मात्र बेचबिखन गर्न दिइने प्रमुख हाछेथुले बताए । उनका अनुसार बाहिर सडकमा राखिएको पानीपुरीको पानी अत्यधिक फोहोर भएकाले बेच्न नदिने भनिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement