सरकार समयमै गम्भीर नभए गरिब जनता महंगीको मारमा पर्ने निश्चित छः रास्वपा सांसद् अधिकारी

सरकार समयमै गम्भीर नभए गरिब जनता महंगीको मारमा पर्ने निश्चित छः रास्वपा सांसद् अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीपछि सडक र सीमा नाका अवरुद्ध हुँदा मुलुकमा आपूर्ति संकट र महँगीको जोखिम बढेको भन्दै सरकारलाई सचेत गराएकी छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले बाढीले सडक र पुल मात्र नभई हजारौँ नागरिकको घरबार, जीविकोपार्जन र बाँच्ने आधारसमेत खोसिएको बताइन् ।
उनले विपत्तिबाट नागरिक सामान्य अवस्थामा फर्किन नपाउँदै आपूर्ति व्यवस्थामा अर्को संकट देखिन थालेको उनको भनाइ थिया । तातोपानी र रसुवागढी नाका बन्द हुनुका साथै बीपी राजमार्ग र पृथ्वी राजमार्गको कृष्णभीर अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित भएको अधिकारीले उल्लेख गरिन् ।

वैकल्पिक रूपमा कोरला नाका प्रयोग गर्नुपर्ने अवस्था आए पनि लामो भौगोलिक दूरी र जीर्ण सडकका कारण ढुवानी खर्च पाँच गुणासम्म बढेको अधिकारीले बताइन् । यसको प्रत्यक्ष असर चाडपर्वको समयमा बजार मूल्यमा पर्न सक्ने भन्दै उनले सरकारलाई समयमै आवश्यक कदम चाल्न आग्रह गरिन् ।
‘वैकिल्पक नाका कोरलातर्फको भौगोलक दूरी र जीर्ण सडकले ढुवानी खर्च पाँच गुणासम्म महँगो छ । यसले चाडवाडमै उपभोग्य वस्तुको भाउ आकासने निश्चत छ’, उनले भनिन्, ‘सरकारले बेलैमा ध्यान नदिए इन्धन, खाद्यान्न जस्ता अत्यावश्यक वस्तुको अभाव हुनेछ । कृत्रिम अभाव,
कालोबजारी र मूल्यवृद्धको मारमा गरिब नागरक नै पर्नेछन् ।’
सम्बिन्धत मन्त्रालयहरूबीच तत्काल समन्वय गरी नाकाहरू युद्धस्तरमा खुलाउन तथा आपूर्ति सहज बनाएर नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउन माग गरिन् ।