लामिछाने, वाग्ले र खरेलले आज पत्रकार सम्मेलन गर्दै


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उमेदवारले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

रास्वपाका चितवन-२ का उमेदवार रवि लामिछाने, तनहुँ–१ का उमेदवार स्वर्णिम वाग्ले र बारा–२ का उमेदवार रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।

पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार हपराह्न ४ बजेका लागि आह्वान गरिएको छ। कांग्रेस छाडेका अर्थशास्त्री डा. वाग्ले र यस अघि नेपाल सुशासन पार्टी सञ्चालन गरिरहेका खरेल लामिछानेसँग एकसाथ पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement