बाँझो जमिनमा खेति गर्ने किसानलाई गाउँपालिकाको अनुदान


गुल्मी – कोरोना भाइरसको कारण खाद्यान्नको अभाव हुनसक्ने भन्दै धुर्कोट गाउँपालिकाले २ वर्षदेखि बाँझो रहेको जमिनमा खेति गर्न किसानहरुलाई अनुदान दिने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले बाँझो खाद्यान्न, तरकारी र फलफूल खेति गर्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिने निर्णय गरेको हो ।

बाँझो जमिनमा कागती, सुन्तला र फलफूल रोपेमा प्रतिरोपनी तीन हजार रुपैयाँका दरले अनुदान दिने गाउँपालिकाले जनाएको छ ।

यस्तै बाँझो जमिनमा अन्नबाली, तरकारी र मसलेदार खेति गरेमा पालिकाले प्रतिरोपनी चार हजार रुपैयाँ दिने भएको छ । आफ्नो बारी नहुनेले लिजमा लिएर तरकारी, खाद्यान्न तथा फलफूल खेति गरेमा प्रतिरोपनी पाँच हजार रुपैयाँ अनुदान दिने निर्णय भएको छ ।

खेतियोग्य जमिन बाँझो राखेमा आगामी गाउँपालिकाले निर्णय गरेर भूमि कर बढाउने पनि गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement