काभ्रेमा पहिरोले पुरिएर दुईको मृत्यु, तीन घाइते


काभ्रे – काभ्रेको बनेपा नगरपालिका-३ नालामा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोले पुरिँदा स्थानीय रामप्रसाद दङगालको श्रीमती ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।  घरमाथिबाट आएको पहिरोले पुरिँदा थप ३ जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement