बाढी-पहिरो पीडितको पिडांमा नेपाली सेनाको मल्हम,राहत वितरणमा सेनाको सक्रियता जारी


काठमाडौं – गत असार २६ गते देशका विभिन्न स्थानमा अबिरल वर्षापछि आएको बाढीपहिरो प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा ल्याउनको लागी नेपाली सेना खोज, उद्धार तथा राहतमा निरन्तर रुपमा लागिरहेको छ ।

नेपाली सेनासंग भएका सवै किसिमका विपद् उद्धारका सामग्रीहरुसहित खोज,उद्धार, राहत वितरण,तटबन्द निर्माण,अस्थायी पुल निर्माण, रबरबोट सञ्चालन तथा अवरुद्ध भएका सडकहरु सुचारु गर्ने कार्यमा फौज खट्टिइरहेका छन् ।

विभिन्न किसिमका जनहितका कार्यहरुलाई निरन्तरता दिने क्रममा रौतहट जिल्लाको गौर नगरपालिका वडा नं.४ टिकुलियामा, ईश्नाथ नगरपालिका १ बन्जहरा, धनुषा जिल्लाको नगराईन नगरपालिका २ लग्माजडही, महोतरी जिल्लाको बलवा नगरपालिका, मनरा सिसवा नगरपालिका, साम्सि गाउँपालिका र डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका वडा नं.३ मा राहत वितरण कार्यमा सहयोग गरिरहेको छ ।

त्यस्तै महोतरी जिल्लाको पिपरा गाउँपालिका-४ पिपरामा बाटो कटान भई पानी जमेर सर्वसाधारण जनताहरुलाई आवतजावतमा समस्या भएपछि आवतजावतमा सहज बनाउने उद्देश्यले रबरबोट सञ्चालन गर्नुको साथै सिरहा जिल्ला औरही गाउँपालिका-२ स्थित तुलसीपुर-सुखीपुर जोड्ने पुल बाढीले बगाए पछि आवातजावातमा समस्या भएको हुँदा अस्थायी पुल निर्माण गरी आवातजावातमा सहज बनाइएको छ।

बाढीरपहिरो प्रभावित विभिन्न क्षेत्रहरुमा बेपत्ता भएका व्यक्तिहरुको खोजी कार्यलाई जारी राख्नुको साथै अवरुद्ध भएका मुख्य तथा सहायक सडकहरु सुचारु गर्नको लागि सहयोग गरिरहेको र विभिन्न नदीको तटिय क्षेत्रमा तटबन्दको कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइरहेको छ ।

नेपाल सरकार, जिल्ला विपद् व्यवस्थापन समिति तथा अन्य विभिन्न संघ संस्थाहरुद्वारा विरतण गर्न मिलाईएको राहत सामग्रीहरु नेपाली सेनाको हवाई साधनमार्फत सम्बन्धित स्थानमा र्पुयाउने कार्यलाई जारी राखिएको छ। स्थानीय स्तरमा राहत वितरणको कार्यमा आवश्यक सहयोग गर्नुको साथै खोज, उद्दार तथा राहत सामग्रीहरु सप्लाईको लागि काठमाडौंमा ४, ईटहरीमा १ र धनुषामा १ गरी जम्मा ६ वटा नेपाली सेनाका हेलिकोप्टरहरु स्ट्याण्डबाईमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement