बाढी पहिरो पीडितको पिडांमा सेनाको मल्हम,अवरुद्ध राजमार्गहरू धमाधम सुचारु गर्दैं


काठमाडौं – बिहीबार राती देशका विभिन्न स्थानमा अबिरल वर्षापछि आएको बाढीपहिरो प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा ल्याउनको लागी नेपाली सेना खोज, उद्धार तथा राहतमा लागिरहेको छ ।

बाढी-पहिरो प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा ल्याउनको लागि नेपाली सेनासंग भएका सवै किसिमका विपद् उद्धारका सामग्रीहरु सहित खोज, उद्धार तथा राहत कार्यमा अहिलेसम्म करिव १५००० फौज खट्टिइरहेका छन् ।बाढी-पहिरो प्रभावित क्षेत्रमा नेपाल सरकार तथा जिल्ला विपद् व्यवस्थापन समितिद्वारा विरतण गर्न तयार गरिएको राहत सामग्रीहरु नेपाली सेनाको हवाई साधनमार्फत सम्बन्धित स्थानमा र्पुयाउन सहयोग गर्नुको साथै स्थानीय स्तरमा राहत वितरणको कार्यमा समेत आवश्यक सहयोग गरिरहेको छ ।

त्यस्तै अविरल वर्षासंगै गएको पहिरोका कारण अवरुद्ध भएका विभिन्न राजमार्गहरु सुचारु गरी यातायात सञ्चालन सहज गर्न सहयोग गर्ने र तटिय क्षेत्रमा तटबन्दको निर्माण, नाला सफाई जस्ता कार्यहरुलाई जारी राखिएको छ । खोज, उद्धार तथा राहत वितरणकै क्रममा ३० गते बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नं.९ पैमा ईलाकामा बुढीगांगा नदी थुनिने सम्भावना बढ्दै गईरहेको अवस्थालाई मध्यनजर गर्दै सुदूर पश्चिम पृतना हेडक्वाटका पृतनापति बालकृष्ण कार्कीको कमाण्डमा खट्टिएको टोलीले हेलिकोप्टरमार्फत उक्त नदीको अवस्थाबारे आवश्यक रेकी गरिएको थियो ।

नदीको बहावलाई सुचारु गराउन कैलालीस्थित कालीरक्षा गणको ईन्जिनियर से.मु. स्ट्याण्डवाईमा राखिएको र आज ललितपुरको वाग्मती गा.पा.-६, प्युटारमा राहत वितरणको कार्य गरिरहेको । झापा जिल्लाको शिवसतासी न.पा.—७ माईखोला ईलाकामा २८ गतेदेखि माईखोलाको बाढीले बगाएर हराइरहेका ३ जना छात्राहरुको खोजी कार्य गर्न फौज परिचालन भईरहेका छन् ।

उदयपुर जिल्लाको रोतामाई गा.पा-६ हलेगाउँस्थित छवियाखोला ईलाकामा बाढीले बाँध भत्काएको कारण उक्त स्थानमा बाँध पुन निर्माण कार्य गरिरहेको । रसुवा जिल्लाको स्याफ्रुवेशी खण्डको गोसाईकुण्ड गा.पा. वडा नं.३ लिगलिग भन्ने स्थानमा पहिरो गएर बाटो अवरुद्ध भएकोमा फौज परिचालन पश्चात पहिरो हटाई बाटो सुचारु गरेको छ ।

खोज, उद्दार तथा राहतको लागि काठमाडाैंमा २ वटा MI 17, एउटा ALH, एउटा Augusta र एउटा इक्युरेल हेलिकप्टर स्ट्याण्डबाई राखिएको छ भने ईटहरीमा एउटा बेल हेलिकप्टर र धनुषामा एउटा MI 17 हेलिकप्टर स्ट्याण्डबाईमा राखिएका छन्  ।

प्रतिक्रिया दिनुहोस
Advertisement