बाढी-पहिरोबाट मृत्यु संख्या ४५ पुग्यो, २२ बेपत्ता (विवरणसहित)


काठमाडौं – लगातार वर्षाका कारण बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको छ । अन्य २२ जना बेपत्ता भएका छन् भने २९ जना घाइते भएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार बिहान उपलब्ध गराएको तथ्यांकअुनसार मृत्यु हुनेमा सबै भन्दा धेरै ललितपुरमा ७ जनाको ज्यान गएको छ। त्यस्तै भोजपुरमा ५ जनाको मृत्यु भएको छ भने ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ। खोटाङ, काठमाडौं मकवानपुरमा ३र३ जनाको मृत्यु भएको छ।

मोरङ, बारा, सिन्धुली, झापा र धादिङमा २र२ जनाको ज्यान गएको छ। इलाम, सप्तरी महोत्तरी, सर्लाही, रौतहट,पर्सा, पाँचथर, रामेछाप,पाल्पा, डोल्पा र दाङमा १र१ जनाको मृत्यु भएको छ।

यस्तै सिन्धुली छ, इलाम र मोरङ्गमा तीन–तीन, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक–एक जना गरी २२ जना बेपत्ता भएका छन् ।  बाढी पहिरोमा १० हजार ३ सय ८५ घरधुरी विस्थापित भएको केन्द्रको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस
Advertisement