बाढी-पहिरो अपडेट : मृत्यु संख्या ५० पुग्यो, ३३ वेपत्ता


काठमाडौं – लगातारको अबिरल वर्षापछि आएको बाढी-पहिरो र डुवानका कारण देशभर अहिलेसम्म ५० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले बाढी पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म ५० जनाको ज्यान गएको जनाएको छ ।

२५ जना घाइत रहेका छन् भने ३३ जना बेपत्ताको खोजी भरहेको जनाइएको छ ।  प्रहरीका अनुसार १३ महिला र १७ पुरुष गरी जम्मा ३३ जना वेपत्ता भएका छन् भने हालसम्म ११०४ जनाको जिवितै उद्दार गरिएको छ ।यस्तै कर्णाली प्रदेशको डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

                                                      बाढीबाट भएको मानवीय क्षति

प्रतिक्रिया दिनुहोस
Advertisement