अमेरिकी विमानमा लेजर आक्रमण चीनद्वारा अस्वीकार


एजेन्सी – चीनले आफ्नो नैसैनिक जहाजबाट अन्य देशको विमानमा लेजर आक्रण गरेको आरोप अस्वीकार गरेको छ । चीनको रक्षा मन्त्रालयले भनेको छ,“आफ्नो एक नौसैनिक जहाजबाट गत महिना अमेरिकी नौसेनाको निगरानी विमानमा लेजर फायर गरेको रिपोर्ट वास्तविकता अनुरुप छैन ।”

चीनको सेनानले अमेरिकी र अन्य देशको विमान तथा पाइलटलाई समस्यामा पार्नका लागि तथा सम्भवत नोक्सानी पु¥याउनका लागि लेजर प्रयोग गरेको गत महिनाको एक रिपोर्टमा आरोप लगाइएको थियो । यद्यपि मन्त्रालयलका प्रवक्ता रेन गुओकियांगले मन्त्रालयले रिपोर्टको खण्डन गरेको बताएका छन् । उनले चीनको स्कवाइन १७ फेब्रुअरीमा अन्तर्राष्ट्रिय जलमा नियमित अभ्यास गरिरहेको र यो घटना कथित भएको बताएका छन् ।

अमेरिकी पी–८ ए पोसिडनमा चिनियाँ पक्षबाट पटक–पटक चेतावनी आए बावजुद कम उचाइमा लामो समयमसम्म चक्कर लगाएको चीनले जनाएको छ । उनले भने,“अमेरिकी विमानको व्यवहार अपरेशनको उद्देश्यबाट अप्रमाणिक थियो । जसले दुई पक्षको जहाज, विमान तथा चालक दलको सुरक्षामा गम्भीर रुपमा खतरामा पारेको थियो ।”

अमेरिकाले चीनको विमानले सेन्सरद्वार लेजरबाट हमला गरेको आरोप लगाएको छ । जसलार्ई नांगो आखाले देख्न सकिदैन । यो अन्तर्राष्ट्रिय सम्झौताको उल्लंघन हो । यस किसिमको घटना रोक्नका लागि अमेरिकाले चीनसँग सम्झौता गरेको अमेरिकाले जनाएको छ । यद्यपि बेइजिङले उक्त प्रोटोकलको लगातार पालना नगरेको अमेरिकाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement