राष्ट्रपति पौडेलद्वारा सार्वजनिक सेवा प्रसारण सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक सेवा प्रसारण सम्बन्धी विधेयक प्रमाणीकरण


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई पेश भएको विधेयकलाई संविधानको धारा ११३ उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिए ।