काठमाण्डु – लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३३ औँ शाखा काठमाण्डुको क्षेत्रपाटीमा संचालनमा ल्याएकोे छ । लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा १३३ औँ शाखा काठमाण्डु महानगरपालिकाको वडा न. १७, क्षेत्रपाटीमा संचालनमा ल्याएकोे हो ।
यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीयआवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै सानातथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
यो नयाँ शाखाको साथलक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १३३शाखा, ६एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६२एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६१शाखा रहितबैंकिङ्गएजेन्टहरु पुगेको छ ।
यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ।सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायीकर्जा, लघुवित्त, लगायतकावित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवाविस्तार गर्दैआएको छ ।
यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्तपार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।
प्रतिक्रिया