लक्ष्मी सन्‌राइज बैंकको काठमाण्डु उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण


काठमाण्डु- लक्ष्मी सन्‌राइज बैंकले काठमाण्डु उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ ।

काठमाण्डु महानगरपालिका-१७ खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाण्डुको नागार्जुन नगरपालिका-१६ स्थित बनस्थलिमा स्थानान्तरण गरिएको हो ।

त्यस्तै काठमाण्डु महानगरपालिका-२६ स्थित गोंगबुमा रहेको शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण गरिएको छ ।

स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् । स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ ।

हाल लक्ष्मी सन्‌राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३१ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement