‘१० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८६’ को बाँडफाँड सम्पन्न


काठमाडौं – लक्ष्मी बैंक लिमिटेडले बैंकबाट निष्कासित २ अर्ब मूल्य बराबरको ‘१० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड सम्पन्न गरेको छ । नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेड विक्री प्रबन्धक रहेको सो ऋणपत्रमा शत प्रतिशत आवेदन प्राप्त भएको थियो ।

कूल निष्कासित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम, ७९ हजार ९ सय ९६ कित्ता र व्यक्तिगत तवरतर्फ २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९ लाख २० हजार ४ कित्ता ऋणपत्र जारी गरिएको हो । ऋणपत्रको आवेदन २०७६ साल असोज २३ गते सुरु भई कात्तिक २२ गते समाप्त भएको थियो । लक्ष्मी बैंकको केन्द्रिय कार्यालय, हात्तीसारमा एक कार्यक्रमकाबीच आइतबार उक्त डिबेन्चर बाँडफाँड सम्पन्न गरिएको बैंकले जनाएको छ ।

२००२ मा स्थापना भएको बैंकले आफ्ना शाखा एवं आइटि च्यानलहरुको माध्यमबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका नेपाल अधिराज्य भर ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवाकाउन्टर, १४१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्गएजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement