लक्ष्मी बैंकको ३ नयाँ शाखा विस्तार


काठमाण्डु – लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ । सो शाखाहरु ललितपुर जिल्लाको ललितपुर–८ पाटन,सुन्धारा, काठमाण्डु जिल्लाको गोकर्णेश्वर–७, मूलपानी, र सोहीजिल्लाको टोखा–३, टोखामा रहेका छन् ।

यी ३ नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८जिल्लामा १२४शाखा, ७एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १५५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ६१ शाखा–रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement