लक्ष्मी बैंकको १४१ औं शाखा डिल्लीबजारमा


काठमाण्डु – लक्ष्मी बैंकले डिल्ली बजारमा नयाँ शाखा संचालनमा ल्याएकोे छ। लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४१ औं शाखा काठमाण्डु महानगरपालिका वडा न. २९को डिल्ली बजारमा संचालनमा ल्याएकोे हाे ।

डिल्ली बजारको कालिका मार्गमा रहेकोे यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४१शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७२एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यो शाखाको साथलक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनिव्यापकबनाउने विश्वास राखेको छ।सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमाआक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दैआएको छ ।

यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथाग्राहकअनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement