लक्ष्मी बैंकको नयां योजना : लक्षित मुद्दती बचतमा १० प्रतिशत ब्याज पाइने


काठमाडौं –लक्ष्मी बैंकले “लक्षित मुद्दती–रिकरिङ्ग बचत” मा दिंदै आएको ब्याजदरलाई संशोधन गरी १० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । लक्ष्मी बैंकको लक्षित मुद्दती बचत जिम्मेवार व्यक्तिहरुलाई लक्षित गरी ल्याइएको बचत योजना हो ।

यो “लक्षित मुद्दती” रिकरिङ्ग डिपोजिटमा ग्राहकहरुले न्यूनतम रु. ५०० देखि जम्मा गर्न सकिनेछ । ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसके पछि गरेको रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा उक्त रकम जम्मा हुने गर्दछ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ ।

यस योजनामा ग्राहकले ब्याज आफ्नो बचत परिपक्व भएको अवस्था वा त्रैमासिक रुपमा खातामा जम्मा गर्ने विकल्प मध्ये एक विकल्पलाई छनौट गर्न सक्ने बैंकले जनाएको छ ।

साथै लक्षित मुद्दती खाता खोल्ने सम्पूर्ण ग्राहकहरुले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाताको सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement