लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण


काठमाण्डु – लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ ।

काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न. २, बालकोटमा स्थानान्तरण गरिएको छ ।

त्यसैगरी, काठमाडौं महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित मध्यपूर ठिमी नगरपालिकाको वडा न. ८,बोडेमा स्थानान्तरण भएको छ ।

स्थानान्तरण गरिएका साविकका महराजगञ्ज र पेप्सिकोला शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नुहुनेछ ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरु माझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement