काठमाण्डु-इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली युनियन (इयु) र सहयोगी राष्ट्रहरूले तत्काल २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् ।
११ सहयोगी राष्ट्रहरूले यस समस्याको समाधान खोज्न र गाजामा युद्धविराम गर्न प्रस्ताव गरेका छन् ।
अमेरिका, ईयू र सहयोगी राष्ट्रहरूले आफ्नो संयुक्त विज्ञप्तिमा यी देशहरू (इजरायल, लेबनान, प्यालेस्टाइन) बीचको दुश्मनी अहिले असह्य भएको बताएका छन् ।
यसले सम्पूर्ण क्षेत्रमा युद्धको खतरा बढेको छ । यो लेबनान र इजरायली जनताको हितमा पनि छैन ।
युद्धविरामको यो प्रस्ताव इजरायली सेना प्रमुखले हवाई हमलापछि इजरायलले लेबनानमा रहेको हिजबुल्लाहका लक्ष्यहरूमा भूमिबाट आक्रमणको तयारी गरिरहेको घोषणापछि गरिएको हो ।
इजरायलले विगत तीन दिनदेखि लेबनानमा रहेको हिजबुल्लाहको लक्ष्यमा हवाई आक्रमण गरिरहेको छ । हिजबुल्लाहले पनि जवाफी कारबाही गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म करिब ५०० जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया