काठमाण्डु – नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले गृहमन्त्री रमेश लेखकसँग विदाइ भेटवार्ता गरेकी छिन् । सोमबार गृह मन्त्रालयमा नेपालका लागि अस्ट्रेलियनको राजदूतका रूपमा साढे तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेकी राजदूत वोल्कले गृहमन्त्री लेखकसँग विदाइ भेट गरेकी हुन् ।
गृहमन्त्री लेखकले दुई देशबीच भएको व्यापार र लगानी सम्झौताका साथै विभिन्न माध्यामबाट अस्ट्रेलियन सरकारले गरेको आर्थिक सहायताका लागि धन्यवाद दिए ।
भेटमा राजदूत वोल्कले नेपालमा रहँदा आफूले देशका धेरै ठाउँ पुगेको र यहाँको संस्कृति, जनजीवन नजिकबाट नियाल्ने अवसर पाएको बताइन् । साथै उनले मानवीय सहायताका साथै विकास सहायताका रूपमा पनि अस्ट्रेलिया सधैँ नेपालको साथमा रहने बताइन् ।
लामो समयदेखि टुङ्गोमा पुग्न नसकेको सङ्क्रमणकालीन न्यायको विषयमा राजनीतिक दलहरूबिच सहमति भएको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको राजदूत वोल्कले बताइन् ।
गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक भोलि संसदमा पेस हुने भन्दै सबैको सहमति रहेको बताउ ।
प्रतिक्रिया