खेल क्षेत्रको विकासका लागि छुट्टै विश्वविद्यालय आवश्यक : लेखराज भट्ट


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता लेखराज भट्टले खेल क्षेत्रको विकासका लागि छुट्टै खेल विश्वविद्यालयको आवश्यकता औँल्याएका छन् ।

यही असार १८ देखि २९ गतेसम्म इटालीको नापोलीमा हुने ३०औँ विश्वविद्यालय स्तरिय अन्र्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने टोलीको विदाई कार्यक्रममा उनले खेल क्षेत्रको विकासका लागि विशेष कक्षाको आवश्यक रहेको बताए ।

उनले प्रतिभावान खेलाडी भन्दा आफ्ना नजिककालाई मात्र खेल क्षेत्रमा छनोट गर्ने प्रवृतिले खेल क्षेत्रले उल्लेख्य सफलता लिन नसकेको टिप्पणी गरे । उनले खेलकुदका लागि स्रोत खोज्ने चलनले पनि खेल क्षेत्रको विकास हुन नसकेको बताए ।

विश्वविद्यालय खेलकुद संघद्धारा आयोजित कार्यक्रममा फेन्सिङ खेलाडी ओमकार सिंह, एलिसा अधिकारी र अनिता कार्की तथा तेकवान्दोतर्फ सक्षम कार्की, नम्रता तुलाधर, पार्वती गुरुङ, अस्मिता खड्का र उमेशराज भण्डारीलाई पूर्वमन्त्री तथा सांसदसमेत रहेका भट्ट, राखेपका सदस्य एकिन्द्र कुवँर, संघका अध्यक्ष प्रदीप जोशी लगायतले विदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement