सुन बोकेको आरोपमा ल्हासा कारागारमा दुई नेपाली रहेको खुलासा


रसुवा–सुन बोकेको अभियोगमा चीनमा दुई जना नेपाली पक्राउ परेका छन् । चीनको ल्हासा कारागारमा नेपाली युवाहरु रहेको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले बताए ।

चिनियां कारागारमा पर्नेमा रसुवाको गोसाइंकुण्ड गाउंपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउंपालिका, हाकुबेंसीका विकास वाइवा रहेका छन् ।

अभियुक्तले करीब एक महीनाअघि नेपाली ट्रकमा नौ टुक्रा सुन राखी नेपालतर्फ ल्याउन लागेका बेलामा तिब्बत सरकार, भन्सार विभागका गुप्तचरले पक्राउ गरी ल्हासामा हिरासतमा राखेका थिए । पक्राउ परेको विवरण जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त भएको र थप विवरण आउन बाँकी रहेको सिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement