ली चियाङ चिनको नयाँ प्रधानमन्त्री बन्ने


काठमाण्डु – नेता ली चियाङ चिनको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । आइतबार चीनका सर्वोच्च नेता सी चिनफिङले सार्वजनिक गरेको वरियताक्रमअनुसार ली प्रधानमन्त्री बन्ने भएका हुन् । पार्टीको दोस्रो वरियतामा रहेका ली संघाईका पार्टी प्रमुख हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन सकिएको भोलिपल्ट सीले आगामी पाँच वर्षका लागि सात सदस्यीय स्थायी समिति सार्वजनिक गरेका छन् । उनले आफ्नो तेस्रो कार्यकालका लागि उदाउँदा नेताहरु ली चियाङ, ली सी, तिङ सुइसियाङ र काइ चीलाई स्थायी समितिमा बढुवा गर्दै नयाँ समिति सार्वजनिक गरेका हुन् ।

त्यस्तै वाङ हुनिङ र चाओ लेची पनि स्थायी समितिमा अटाइएका छन्। सिन्ह्वाका अनुसार पार्टीको वरीयताक्रम यसप्रकार छः महासचिव सी, ६९, ली चियाङ, ६३, चाओ लेची, ६५, वाङ हुनिङ, ६७, काइ ची, ६६, तिङ सुइसियाङ,६० र ली सी ६६ छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement