दक्षिण चीन महासागरको परिस्थिति समष्टिगत रूपमा स्थिर : ली खछ्याङ


बेइजिङ – चीनका प्रधानमन्त्री ली खछ्याङले चीन र आसियान मुलुकहरूको साझा प्रयासमार्फत दक्षिण चीन महासागरको परिस्थिति समष्टिगत रूपमा स्थिर भइरहेको बताएका छन् ।

उनले आइतबार थाइल्यान्डको बैंककमा चीन र आसियान राष्ट्रका सदस्यहरूको शिखर सम्मेलनमा सहभागी हुँदै उक्त कुरा बताएका हुन् ।

गत वर्ष उनले तीन वर्ष्भित्र दक्षिण चीन महासागर कारवाई नियम (सिओसी) सम्पन्न हुने उनले विश्वास व्यक्त गरेका थिए । करिब एक वर्षको छोटो समयमा विभिन्न पक्षहरूले निर्धा्रित समय अगावै पहिलो चरणको कार्य सिध्याएर दोस्रो चरणको कार्य आरम्भ गरेका छन् ।

विभिन्न पक्षहरूले निर्धारित समयतालिका बमोजिम सक्रियताका साथ आपसी छलफललाई अघि बढाएर सन् २०२० को अन्त्य हुनुअघि दोस्रो चरणको कार्यलाई सिध्याउन सक्ने आशा पनि उनले व्यक्त गरे । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement