नेपाली सेनाका ११३ जना शान्ति सैनिक लिविया प्रस्थान


कठमाण्डु – संयुक्त राष्ट्र संघ ( (यूएन्समिल) यूनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबियामा खटिनका लागि ११३ जना नेपाली सेनाको टोली लिवियातर्फ प्रस्थान गरेको छ।

लिवियामा तैनाथ स्पेशल गार्ड युनिट दोश्रो डफ्फालाई बदली गर्न सेनानी हिमाचल जंग शाहको कमाण्डमा स्पेशल गार्ड युनिट तेश्रो डफ्फाको ११३ जना नेपाली शान्ति सैनिकहरु, मिशन ईलाका तर्फ प्रस्थान गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सोही क्रममा लिवियाबाट सेनानी राजेश रानाको कमाण्डमा ११२ जना शान्ति सैनिकहरु भोलि शनिबार नेपाल आइपुग्ने छन् । २२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिशनको लागी कात्तिक १५ र १६ गते ११५ जना शान्ति सैनिकहरुको बदली भएको थियो ।

कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरीएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement