लिबियामा द्वन्द्व चर्किँदै, यूएन भन्छ ‘नेपाली सेना फिर्ता हुँदैन’


त्रिपोली – लिबियामा पछिल्लो समय द्वद्व चर्किएसँगै अमेरिका लगायत विभिन्न देशका सेना फिर्ता भइरहँदा नेपाली सेनालाई भने फिर्ता गर्ने छाँटकाँट देखिएको छैन ।

संयुक्त राष्ट्रसंघ मुख्यालयले नेपाली सेना त्रिपोलीमै रहने भन्दै सूचना जारी गरेको छ । संयुक्त राष्ट्रसंघको प्रवक्ता कार्यालयले आजै ट्वीटरमार्फत नयाँ सूचना सार्वजनिक गरेको छ, ‘हामी नेपाली अधिकारीहरुसँग सम्पर्कमै छौँ । र नेपाली सुरक्षा टोली फिर्ता हुने कुनै योजना छैन । नेपालले त्रिपोलीमा मिसनलाई निरन्तरता दिनेछ । विकासका लागि उनीहरुको योगदान र निरन्तरतालाई हामी उच्च रुपमा महत्व दिन्छौँ ।’

नेपाली सेनाका प्रवक्ताले समेत संयुक्त राष्ट्रसंघको निर्णय अनुसार नेपाली सेना लिबियामै रहने जानकारी दिएका छन् । राष्ट्रसंघले निर्णय नगर्दासम्म नेपाली फिर्ता हुने प्रश्न नै नआउने कुरा प्रवक्ता विज्ञान देव पाण्डेले बताएका छन् ।

लिबियामा अहिले २ सय ३१ जना नेपाली सैनिक शान्ति सुरक्षार्थ तैनाथ छन् । जब कि, भारत र अमेरिकाले आफ्ना सेना फिर्ता बोलाइसकेका छन् । लिबियामा पछिल्लो सातादेखि विद्रोही समूहका कारण द्वन्द्व चर्किँदै गएपछि राष्ट्रसंघीय अधिकारी लगायत अन्य कुटनीतिक नियोगका कर्मचारीलाई समेत सुरक्षित तरिकाले छिमेकी मुलुकमा लगिएको थियो । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमाम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement