लिबियामा ३ सय शरणार्थी बोकेको पानीजहाज दुर्घटना, १५० बढीको मृत्यु


एजेन्सी – लिबियामा ३ सय शरणार्थी सवार पानीजहाज दुर्घटना भएको छ ।

लिबियाको राजधानी त्रिपोलीबाट १२० किलोमिटरको दूरीमा रहेको एक शहरबाट हिँडेको जहाज भूमध्यसागर पार गर्ने क्र्रममा दुर्घटना हुँदा १ सय ५० भन्दा बढीको ज्यान गएको छ ।

संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीका प्रवक्ता चार्ली याक्सलेले करिब ३०० भन्दा बढी व्यक्ति सवार डुंगा पल्टिएको बताए । १५० भन्दा बढी हराइरहेका छन् । १४७ जना डुब्नबाट बचेका छन् ।

उनीहरुलाई कोस्गार्डले बचाएर समुँद्री किनारमा ल्याएका थिए । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार राजधानी त्रिपोलीबाट करिब १२० किलोमिटरको दूरीको सहरमा उनीहरुलाई निकालिएको थियो ।

माछा मारिरहेका तटीय क्षेत्रका स्थानीयले उनीहरूको ज्यान जोगाइदिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । बीबीसीका अनुसार, शरणार्थीहरू एक जहाजमा सवार थिए या दुई भन्ने यकिन हुन सकेको छैन ।

हजारौं शरणार्थीले हरेक वर्ष भूमध्यसागर पार गर्ने गरेका छन् । यसमा अधिक संख्या लिबियाको शरणार्थीको छ । यस्ता शरणार्थीहरू पुराना जहाजमा खचाखच भरिएर यात्रा गर्ने गरेका छन् । जसका कारण पानीजहाजहरू बारम्बार दुर्घटनामा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement