अत्यावश्यक सवारी लाइसेन्स छपाइ बन्द

अत्यावश्यक सवारी लाइसेन्स छपाइ बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अत्यावश्यक सवारी लाइसेन्स छपाइ बन्द गरिएको छ । प्रिन्टिङ प्रणालीमा समस्या देखाउँदै लाइसेन्स छपाइ बन्द गरिएको हो ।

यातायात व्यवस्था विभागले आइतबार एक सूचनामार्फत् यही वैशाख २५ देखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या देखिएको र समाधानको काम भइरहेको जनाएको छ ।

अर्को सूचना प्रकाशन नहुँदासम्म अत्यावश्यक चालक अनुमति पत्र छपाइ बन्द गरिएको विभागले जनाएको छ ।

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र छापेर वितरण गर्दै आएको थियो ।