लााईसेन्स नभएका इन्जिनियरले दिएको सिफारिस नमान्न एसोसिएसनको प्रस्ताव


काठमाडौं – लाइसेन्स नलिएका इन्जिनियरहरुले गरेको कामको सिफारिस नमान्न इन्जिनियरिङ एसोसिएसनले माग गरेको छ । नेपाल इन्जिनियरिङ काउन्सिलबाट लाइसेन्स नलिएका इन्जिनियरहरुले गरेको कामको सिफारिस नमान्ने व्यवस्था गर्न एसोसियसनका पदाधिकारीहरुले माग गरेका हुन् ।

बिहीबारको विधायन व्यवस्थापन समितिको बैठकमा सहभागी एसोसियसनका पदाधिकारीहरुले सो माग राखेका हुन् ।

प्रस्तावित विधेयकमा छलफल गर्न विधायन समितिले बिहीबार नेपाल इन्जिनियरिङ परिषदका पदाधिकारीहरुलाई बोलाएको थियो । छलफलमा नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष त्रिरत्न बज्राचार्य, उपाध्यक्ष आशिष घिमिरे, महासचिव छविराज पोखरेल, उपमहासचिव कपिल आचार्य सहभागी भएका थिए ।

छलफलमा सहभागी नेपाल इन्जिनियरिङ एसोसियसनका उपाध्यक्ष घिमिरेले काउन्सिलमा रजिष्टर नभएको इन्जिनियरले गरेको सिफारिस नमान्ने व्यवस्था गर्न सहिने बताए ।

महासचिव पोखरेलले सबै इन्जिनियर राम्रामात्र नभएर गैरजिम्मेवार पनि हुने भएकाले त्यसलाई रोक्न र पैसाका आधारमा नक्कली सर्टि्फिकेट लिई लाइसेन्स लिएकाहरुको गुणस्तर नहुने भएका कारण लाइसेन्स परीक्षा अनिवार्य गर्नुपर्ने बताए ।

छलफलमा अनुभवी इन्जिनियरहरुलाई कसरी सम्बोधन गर्ने भन्नेबारे पनि प्रष्ट धारणा दिन सांसदहरुले आग्रह गरेका थिए ।

परिषदका अध्यक्ष त्रिरत्न बज्राचार्यले लाइसेन्स परीक्षा लिनका लागि आन्तरिक तयारी गरेका भएको र सरकारले ऐन दिएपछि त्यसलाई सहज रुपमा अगाडि बढाइने बताए ।

प्रस्तावित विधेयकमा ६–६ महिनामा इन्जिनियरिङ लाइसेन्स परीक्षा लिने व्यवस्था उल्लेख छ ।

हाल त्रिभुवन, पोखरा, पूर्वाञ्चल, काठमाडौं, मध्यपश्चिम र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत हाल ५१ वटा क्याम्पसमा इन्जिनियरिङ पढाइ हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement