ऊर्जामन्त्री श्रेष्ठद्वारा विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण

ऊर्जामन्त्री श्रेष्ठद्वारा विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षण गरेका छन् ।

मन्त्री श्रेष्ठले शनिबार साँझ स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभाग भार प्रेषण केन्द्रको निरीक्षण गरेका हुन् ।

मुलुकको समग्र विद्युत् प्रणालीको सञ्चालन, ग्रीडको विद्युत् आपूर्ति व्यवस्थापन र छिमेकी मुलुकसँग भइरहेको अन्तरदेशीय विद्युत् खरिद बिक्रीको वर्तमान अवस्थाबारे उनले जानकारी लिएका छन् ।

केन्द्रका प्रमुख चन्दन घोषले नेपालको विद्युत् माग र आपूर्तिको सन्तुलन, प्रणालीमा आउने प्राविधिक चुनौती र भारतसँग भइरहेको विद्युत् आयात–निर्यातको प्राविधिक पक्षबारे मन्त्री श्रेष्ठलाई अवगत गराएका छन् ।

निरीक्षणपछि मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षा र भरपर्दो विद्युत् आपूर्तिका लागि प्रणालीको सुदृढीकरण अनिवार्य रहेको बताए । उनले आन्तरिक खपत बढाउँदै बढी भएको विद्युत् निर्यात गरी आर्थिक लाभ लिन र हिउँदको समयमा हुने विद्युत् मागलाई कुशलतापूर्वक व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।