जापान गएको विषयमा विवाद भएपछि प्रदेश मन्त्री अधिकारीले राजीनामा दिँदै

जापान गएको विषयमा विवाद भएपछि प्रदेश मन्त्री अधिकारीले राजीनामा दिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् ।

जापान गएको विषयमा विवाद भएपछि उनले आज राजीनामा दिन लागेका हुन् ।

उनी मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी एक कार्यक्रममा सहभागी हुन भन्दै गत कार्तिक १३ गते जापान प्रस्थान गरेका थिए ।

राजीनामा दिनका लागि अधिकारीले केही समयपछि पत्रकार सम्मेलन गर्दैछन् । अधिकारीले नैतिकतामा आधारमा राजीनामा दिन लागेको उनी निकट स्रोतले बताएको छ ।