युरोपियन युनियन र अमेरिकनले संक्रमणकालिन न्याय टुंग्याउन दिएनन्: लिलामणी पोखरेल


काठमाण्डु- नेकपा माओवादी केन्द्रका सचिव लिलामणी पोखरेलले जनयुद्ध कालका संक्रमणकालिन न्याय व्यवस्था सम्बन्धि ऐन बनाउन नदिन चलखेल भइर्रहेको बताएका छन् ।

विशेषगरी युरोपियन युनियनहरुले ऐन बनाउन नदिएको सचिव पोखरेलले खुलासा गरेका छन् । युरोपियन युनियनसगैँ अमेरिकी र प्रतिक्रियावादीहरु समेत यसमा लागिपरेको बताउदै माओवादीहरुलाई धम्क्याउन र तर्साउन सकिन्छ भन्ने सोचेर ऐन वनाउन उनीहरु वाधक बनेको उनको तर्क छ ।

रुपान्तरण अभियानमा मधेश प्रदेशको इन्चार्ज समेत रहेका सचिव पोखरेलले देशमा ठूलो संकट समेत सिर्जना भइरहेको जनाएको छ ।माओवादी जनयुद्ध लगायत अन्य राजनतिक दलहरुसगँ सम्झौता गरि बनेको ठूलो राजनीतिक परिवर्तन समेत खतरामा परेको सचिव पोखरेलको भनाइ छ ।

लोकतान्त्रिक गणतन्त्र माथी प्रतिगमनकारीहरुले टाउको उठाउन सुरु गरेको बताउदै उनले एकात्मवादीहरुले हमला गर्न सुरु गरिसकेको दावी गरेका छन् । तीन महिने रुपान्तरण अभियानमा माओवादी रुपान्तरित भएर आउने र जनतासँगको सम्बन्ध पुनस् समधुर हुने पनि नेता पोखरेलले बिस्वास ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement