युवा उद्यमी श्रेष्ठको अध्यक्षतामा लायन्स क्लब दक्षिणकाली गठन


काठमाण्डु – लायन्स क्लब जिल्ला ३२५ एच अन्तर्गत दक्षिणकालीमा ‘लायन्स क्लब अफ काठमाडौं दक्षिणकाली’ गठन भएको छ ।  लायन्स क्लब जिल्ला ३२५ एच अन्तर्गत काठमाडौंको दक्षिणकालीमा ‘लायन्स क्लब अफ काठमाडौं दक्षिणकाली’ गठन भएको हो ।

युवाहरुको क्षमतामा अभिवृद्धि साथै युवाहरुलाई समाज सेवामा सहभागी गराउने उद्धेश्यका साथ झण्डै ३ वर्ष अघि लियो क्लबमा आवद्ध युवाहरुको नेतृत्वमा लायन्स क्लब अफ काठमाडौं दक्षिणकालीले सबिन श्रेष्ठको अध्यक्षतामा कार्यसमिती गठन गरेको हो ।

क्लबको प्रथम उपाध्यक्षमा राम श्रेष्ठ, द्वितिय उपाध्यक्षमा दिलिप केसी, सचिवमा रोशन बस्याल र कोषाध्यक्षमा सन्ध्या भुजेल चयन भएका छन् भने सगुन थापाले सह–सचिव र अजय खत्री केसीले सह–कोषाध्यक्षको जिम्मा पाएका छन् ।

क्लबको एलसिआइएफ कोअर्डिनेटरको जिम्मेवारीमा प्रकाश विशुन्के छन् जसले अन्तर्राष्ट्रिय लायन्स क्लबसँग आफ्नो क्लबका समग्र गतिविधि र कार्यक्रममा समन्वय गर्न दुतको रुपमा काम गर्नेछन् ।

हाल २० जना संस्थापक सदस्य रहेको यस क्लबले ‘हामी काममा विश्वास गर्छौं’ भन्ने मूल नाराका साथ लायन्स क्लबका मुख्य उद्धेश्य प्राप्तिसँगै शिक्षा, स्वास्थ्य लगायत युवाको नेतृत्व विकासका क्षेत्रमा काम गर्ने नव नियुक्त क्लब अध्यक्ष श्रेष्ठले बताए ।

श्रेष्ठले आफूले पाएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने र क्लबलाई कार्य सम्पादनको आधारमा उत्कृष्ट बनाउने प्रतिवद्धता जनाएका छन् । लायन्स क्लब जिल्ला ३२५ एच का गभर्नर साथै कार्यक्रमका प्रमुख अतिथि लायन दिनेश प्रसाद श्रेष्ठले क्रमशः क्लबका पदाधिकारी र संस्थापक सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

विशेष अतिथिको रुपमा आमन्त्रित दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत र उप प्रमुख बसन्ती डंगोल तामांगले क्लबको सफलताको लागि शुभकामना व्यक्त गरे । लायन्स क्लब अफ काठमाडौं दक्षिणकालीलाई लायन्स क्लब अफ काठमाडौें डाउन टाउन र लायन्स क्लब अफ काठमाडौं कीपूले स्पोन्सर गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement