लिभरपुलका प्रशिक्षकको तलब वार्षिक १० मिलियन पाउण्ड !


एजेन्सी – लिभरपुलले युरोपा लिगको उपाधि दिलाएका प्रशिक्षक जर्गेन क्लपसँगको सम्झौता लम्बाउने भएको छ ।

अझै तीन वर्ष वार्षिक ७ मिलियन पाउण्डमा उनको सम्झौता कायमै भए पनि लिभरपुले उनीसँगको सम्झौता पुनरावलोकन गर्दै वार्षीक १० मिलियन पाउण्ड बनाउने तयारी गरेको हो ।

मड्रिडमा च्याम्पियन्स लिगको फाइनलमा टोटनह्यामलाई २–० ले पराजित गर्दै उपाधि जितेपछि ट्रफी परेडमा प्रशिक्षक क्लप निकै खुशी देखिएका थिए ।

लिभरपुलका मालिका टम वार्नरले भने ‘जर्गेन क्लप लिभरपुलका लागि एक उत्कृष्ट कोच हुन् । उनले अझै केही समय लिभरपुलमै बसेर टिम र समर्थकहरुलाई खुशी दिलाउने छन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement