स्थानीय तहलाई साउनबाटै काम थाल्न सुुझाव


काठमाण्डु – स्थानीय शासन विज्ञहरूले स्थानीय तहलाई साउनको प्रारम्भदेखि नै बजेट खर्च गर्ने प्रक्रिया थाल्न सुझाव दिएका छन् ।

आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्न भार कम हुने र निर्धारित काम सम्पन्न गर्न सकिने भएकाले साउनदेखि नै बजेट खर्च गर्ने प्रक्रिया सुरु गर्न सुझाइएको हो ।

स्थानीय तहमा आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृत्ति निरन्तर बढ्दै गएको छ । असारमा बजेट बढी खर्च गर्ने प्रवृत्तिकै रूपमा विकास भएपछि यस्तो प्रवृत्तिलाई ‘असारे विकास’ पनि भन्ने गरिएको छ ।

असारे विकासले बेरुजु बढ्दै जाने र पूर्वाधार निर्माणका विकास पनि कमजोर हुने प्रवृत्ति देखिएको छ । यस्तो परम्परा अन्त्य गर्न साउनदेखि बजेट खर्चको प्रशासनिक प्रक्रिया प्रारम्भ गर्नुपर्ने आवश्यकता विज्ञहरूले औँल्याउनुभएको छ ।

पूर्वसचिव कृष्णहरि बाँस्कोटाले बजेटको प्रभावकारी कार्यान्वयन गर्न साउन पहिलो सातामै प्रमुख प्रशासकीय अधिकृतलाई खर्च गर्ने पूर्ण अधिकार प्रदान गर्नुपर्ने सुझाव दिनुुभयो ।

प्रमुख प्रशासकीय अधिकृतले पालिका भित्रका विभिन्न शाखा महाशाखाका प्रमुख तथा पालिका मातहतका कार्यालयका प्रमुख र वडा सचिवलाई पहिलो सातामै बजेट खर्च गर्ने अख्तियारी दिनुपर्ने सुुझाव दिनुुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement