स्थानीय तहमा कर्मचारी भर्ना केन्द्रबाटै गर्ने तयारी


काठमाडौं – केन्द्रीय सरकारले स्थानीय तहमा रिक्त दरबन्दीमा एकपटकका लागि केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा रिक्त दरबन्दीमा केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्ने गरी आवश्यक प्रक्रिया थालेको हो। सोअनु्सार विभिन्न १०० वटा स्थानीय तहले रिक्त कर्मचारीे विवरणसहितको मागआकृति फाराम भरेर मन्त्रालयमा पठाएको छ।

संविधानले प्रदेश र स्थानीय तहमा कर्मचारी भर्नाको अधिकार प्रदेश लोकसेवा आयोगलाई दिएको छ। तर, प्रदेश सरकारले लोकसेवा आयोग गठन गर्न र लोकसेवा परीक्षाको पाठ्यक्रम तथा मापदण्ड निर्धारण गर्न तत्काल नसक्ने भन्दै केन्द्रीय सरकारले एकपटकका लागि स्थानीय तहमा रिक्त कमचारीको पदपूर्ति प्रक्रियाको गृहकार्य अघि बढाएको हो। यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement