लकडाउनमा थप कडाई, एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध


काठमाडौं – केही दिनबाट खुकुलो हुँदै आएको लकडाउनलाई थप कडाई गर्ने सरकारले निर्णय गरेको  छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध लगाएको हो ।

गृहमन्त्रालयले जेठ १ गतेदेखि लागु हुने गरी एक जिल्लाबाट अर्को जिल्लाम जानका लागि यसअघि जारी गरिएका सबै किसिमका पास रद्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि गृहले थप कडाई गरेको हो । काठमाडौं उपत्यकामा कार्यरत सरकारी कर्मचारीलाई पनि अनिवार्य पास चाहिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement