बेलायतको राजदूतमा लोकदर्शन रेग्मी नियुक्त


काठमाण्डु – लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गरेको सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।

पूर्वमूख्य सचिवसमेत रहेका रेग्मीलाई मन्त्रिपरिषद्को बैठकले बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement