१५ उपसचिव सहसचिव बढुवाका लागि सिफारिस

१५ उपसचिव सहसचिव बढुवाका लागि सिफारिस


काठमाण्डु- १५ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको लोकसेवा आयोगको बढुवा समितिको बैठकले योग्यता क्रमका आधारमा बढुवा सिफारिस गरेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

बढुवा सिफारिसमा चित्त नबुझेमा ३५ दिनसम्म बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने व्यवस्था छ । यदि उजुरी नपरेमा मन्त्रिपरिषद् बैठकले १५ जनालाई बढुवा गर्नेछ ।