लोकसेवाको विज्ञापनले केन्द्र-प्रदेश सरकारबीच द्वन्द्व


काठमाडौं – लोकसेवा आयोगले देशैभरका स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापनलाई लिएर प्रदेश सरकारको असन्तुष्टि देखिएको छ। प्रदेश २ ले लोकसेवाले लागेको भर्ना प्रक्रिया संविधानविपरीत भनेको छ।

आयोगले बुधबार देशैभरका ५१५ स्थानीय तहका लागि ९ हजार १६१ पदमा भर्ना खोलेको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोकसेवा आयोग नबनेको बहाना देखाएर केन्द्रले हस्तक्षेप गरेको आरोप लगाएको छ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रेश लोकसेवा गठन तयारी भइरहेका बेला हतारहतार केन्द्रबाटै विज्ञापन गरिनु उचित नदेखिएको बताए। यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement