इटहरीबाट लोकसेवा आयोगको विज्ञापनको विराेधमा उत्रिएका पक्राउ


इटहरी – लोकसेवा आयोगको विज्ञापनको विरोधमा उत्रिएका आदिवासी जनजाति संघका १५ जना कार्यकर्ता पक्राउ परेका छन् । प्रदेश १ बन्द आह्वान गर्दै शनिबार इटहरी चोकमा उत्रिएर विरोध प्रदर्शन गर्ने क्रममा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

संघको प्रदेश समितिले आज प्रदेश बन्दको आह्वान गरेको थियो । बन्दको प्रभाव भने न्यून परेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement