लोकसेवाकाे विज्ञापनबारे सर्वोच्चले गर्यो यस्तो फैसला


काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापनसम्बन्धी सर्वोच्च अदालतमा परेका ४ रिटमाथिको सुनुवाई लम्बिएको छ ।

सर्वोच्चका न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएपनि सो सूचना समितिमा पुगिनसकेका कारण बुधबारको सुनुवाइ स्थगित भएको बताइएको छ ।

सर्वोच्चले लोकसेवा आयोगको विज्ञापन विवादमा परेको ४ वटा रीटलाई एकै इजलासमा राखेर सुनुवाई गरिरहेको छ । तर एउटा रीटमा राज्य व्यवस्था समितिलाई विपक्षी बनाइएको भएपनि समितिमा सूचना नै नपुगेकाले बुधबार सूचना दिन आदेश दिइएको हो । अर्को सुनुवाई आइतवार हुने भएको छ ।

स्थानीय तहका विभिन्न ९ हजार १ सय ६१ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगले जेठ १५ गते विज्ञापन प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement