कर्मचारीको क्षमता र योग्यताको आधारमा जिम्मेवारी दिइन्छ, विज्ञापन रद्ध हुँदैन : लालबाबु पण्डित


काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवाले स्थानीय तहमा विभिन्न पदपूर्तिका लागि गरिएको विज्ञापन स्थगित नहुने बताएका छन् ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा मन्त्री पण्डितले लोकसेवाले गरेको विज्ञापन संविधान र प्रचलित कानूनबमोजिम नै रहेको दाबी गरे ।

उनले भन,े ‘स्थानीय तहमा पदपूर्तिका लागि गरिएको विज्ञापन संविधान तथा प्रचलित कानूनबमोजिम भएको र लोकसेवा आयोगले नै स्वतन्त्र संवैधानिक निकायको हिसाबले आफ्नो मुख्य जिम्मेवारी कानूनसम्मत् र निष्पक्षताका साथ पूरा गर्ने सरकारको विश्वास छ ।’

‘नातावाद कृपावादको कुनै गुञ्जायास छैन,’ मन्त्री पण्डितले भने, ‘कर्मचारीको क्षमता र योग्यताका आधारमा नै जिम्मेवारी दिने गरिएको छ ।’

मन्त्री पण्डितले कर्मचारीहरूलाई क्षमता र योग्यताको आधारमा नै जिम्मेवारी दिने गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement