लोसपाको दोस्रो दिनको पदाधिकारी बैठक सुरु


काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टीको दोस्रो दिनको पदाधिकारी बैठक सुरु भएको छ । काठमाडौँको एक पाटी प्यालेसमा सुरु भएको बैठकमा संगठन निर्माण, समसामयिक राजनीतिक अवस्था लगायतको विषयमा नेताहरुले आ-आफ्नो धारणा राखि रहेका छन् ।

अध्यक्षसहित ६४ जना पदाधिकारी रहेको बैठकमा मंगलबार २२ जनाले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा शीर्ष नेताहरुले नेताहरुलाई व्यवस्थापन गर्न पदाधिकारी संख्या ठूलो बनाइएको र यसलाई महाधिवेशनमार्फत छोटो छरितो बनाउने बताएका छन् ।

बैठकमा महाधिवेशन भन्दा पहिले पार्टीको विधान अधिवेशन हुने, त्यो अधिवेशनबाट संगठनको संरचना निर्माण गर्ने र सोही अनुसार महाधिवेशनबाट समिति बनाउने वरिष्ठ नेता शरतसिंह भण्डारीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement