चलचित्र ‘लव यु हमेसा’ युट्युवको ट्रेन्डिङमा (भिडियोसहित)


काठमाडौं – नेपाली चलचित्र ‘लव यु हमेसा’ युट्युवको ट्रेन्डिङमा आएको छ । मंसिर १३ मा प्रर्दशनमा आएको चलचित्र ‘लव यु हमेसा’ युट्युवको २३ नम्बर ट्रेन्डिङमा छ ।

त्रिकोणत्मक प्रेम कथामा आधारित चलचित्र भारतको कालेबुङ, सिलगुडी, काठमाडौं र फिलिपिन्समा खिचिएको छ ।  समाजिक विषयमा आधारित यो चलचित्रलाई युट्वमा धेरैले मन पराएका छन् । चलचित्र भास्कर प्रधानको लेखन र निर्देशनमा बनेको हो ।

युवन गुरुङको प्रस्तुतिमा मिलन गुरुङ सहनिर्माता रहेको चलचित्रमा यशराज गरच, ऋचा थापा, फिजा योन्जन,शिसिर राणा, गोपाल ढकाल (छन्दे), सुरज श्रेष्ठ, सौरभ श्रेष्ठ, गीता बर्मा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मो, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।

धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्रलाई रिच इन्टरटेन्मेन्टले बितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement