काठमाण्डु – नेपाल आयल निगमले आइतबार पनि काठमाण्डुका विभिन्न स्थानबाट खाना पकाउने ग्यास बिक्री गर्दैछ ।
निगमले सात विक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास बिक्री गर्ने जनाएको छ। निगमको सूचना अनुसार टेकु परिसरमा नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम र सगर ग्यास वितरण हुनेछ।
पशु सेवा शाखा चपली बुढानीलकण्ठमा नेपाल, एचपी र भानु उपलब्ध हुनेछ। यस्तै, राधास्वामी, कीर्तिपुरमा नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया विक्री हुनेछ। नयाँ बजार जुडो हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास वितरण हुनेछ।
यस्तै, तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ग्यास वितरण हुने निगमले जनाएको छ। चन्द्रागिरी नगरपालिकाबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया वितरण हुनेछ भने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेष्ट÷सुगम र एसटीसी विक्री हुने निगमले जनाएको छ।
निगमले नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित ग्यास विक्री केन्द्रमा आउन उपभोक्तालाई आग्रह गरेको छ। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म माथि ग्यास खरिद गर्न सकिने व्यवस्था गरेको निगमले जनाएको छ।
निगमले शनिबार काठमाण्डुका पाँच स्थानबाट ६ हजार ८०२ थान खाना पकाउने ग्यास विक्री गरेको थियो। निगमले जिल्ला




प्रतिक्रिया