प्रधानसेनापतिद्धारा गिरीलाई रथीको दज्र्यानी चिन्ह प्रदान 


काठमाडौं- नेपाली सेनाका उपरथी शरद गिरी रथीमा बढुवा भएका छन् । प्रधानसेनापति पुर्णचन्द्र थापाले मंगलवार गिरीलाई रथीको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा सेनाका उच्च अधिकृतहरुको सहभागिता रहेको थियो ।

मन्त्रिपरिषदको पौष १३ मा बसेको बैठकले गिरीलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । 

सेनाको उपरथीमा गिरी वरियतामा तेस्रो नम्बरमा रहेपनि प्रधानसेनापतिले उनलाई रथी बढुवाका लागी सिफारीस गरेका थिए । गिरी रथीमा बढुवा भएसंगै बलाध्यक्षरथीको जिम्मेवारीमा सरुवा भएका छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement