सेनाका बलाधिकृतरथी गिरी शुक्रवारवाट विदा बस्दै,उपरथी हमाल तीन तारे जर्नेलमा बढुवा हुंदै


काठमाडौं–नेपाली सेनाका बलाधिकृतरथी शरद गिरी अवकास हुंदैछन् । उनले विदामा वस्ने जानकारी सैनिक मुख्यालयलाई दिइसकेका छन् । अवकास हुनु १५ दिनअघि विदामा वस्ने सैनिक परम्पराअनुसार रथी गिरी शुक्रवारवाट विदामा वस्न लागेका हुन् ।

बलाधिकृत गिरीले आगामी असार ६ गते लामो सैनिक सेवावाट अनिवार्य अवकास पाउंदैछन् । उनको ठाउंमा वरियताको आधारमा उपरथी ईश्वर हमाल सेनाको तीन तार जर्नेलमा बढुवा हुनेछन् ।

उनी हाल यूएन डिसइन्गेजमेन्ट अब्जरभर फोर्सको फोर्स कमान्डरमा नियुक्त भएर पनि नेपालमै रहेका छन् । लकडाउनका कारण उनले उक्त जिम्मेवारी सम्हाल्न पाएका छैनन् । उपरथी हमाल नेपाली सेनाबाट शान्ति मिसनको महत्वपूर्ण ओहदामा पुग्ने छैटौं जर्नेल हुन् ।  हमाल नेपाली सेनामा २०४० कार्तिक २२ मा सैनिक अधिकृतका रुपमा सेवा प्रवेश गरेका थिए ।

उनको रथीमा बढुवाको प्रक्रिया सुरु भइसकेको छ । सैनिक मुख्यालयले गिरीको अवकास अगावै हमालको बढुवाको प्रक्रिया सुरु गर्ने तयारी गरेको सैनिक स्रोतले जानकारी दियो । त्यसका लागी चांडै बढुवाको लागी सूचना जारी गर्ने तयारी छ । सेनाको अर्को रथीमा भने प्रभुराम शर्मा बढुवा भइसकेका छन् । उनी हालका प्रधानसेनापति पूर्णचन्द्र थापापछि प्रधानसेनापतिको लाईनमा छन् । हमालको रथीमा बढुवासंगै शर्मा सेनाको सवैभन्दा शक्तिशाली मानिने बलाधिकृतरथीमा सरुवा हुनेछन् भने हमाललाई बलाध्यरथीको जिम्मेवारी मिल्नेछ ।

सेनामा गिरीसंगै अरु तीन उपरथीहरु पनि अवकासको मुखमा छन् । सेनामा प्रधानसेनापति पूर्णचन्द्र थापाले रथी थपको लागी पहल गरेपनि त्यसमा सकरात्मक जवाफ सरकारको उनलाई मिलेको छैन् । यदि सेनामा रथीको दरवन्दी थप नभए सेनाको गूप्तचर प्रमुख उपरथी झंकर कडायत साउन १५ मा,उपरथी राजेन्द्र कार्की असोज २१ मा, रघु भण्डारी कात्तिक १३ मा शशिबहादुर सिंह फागुनमा अवकासमा जांदैछन् । यता गिरीको ठाउंमा दुई तारे जर्नेलमा हालका सैनिक सचिव सहायकरथी प्रेम शाहीको बढुवा हुंदैछ । उनले बढुवापछि नीति,योजनाको प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् ।

त्यसैगरी सेनामा आर्थिक अनियमितता गरेको आरोपमा सेनाकै अर्का जर्नेल अजितवरसिंह थापा पनि छानविनको दायरामा आएका छन् । प्लान्ट खरिदमा थापाले अनियमितता गरेको भन्दै सेनाको छानविनले अन्तिम फैसला गर्दैछ । अवकासको मुखमा रहेका उपरथी थापालाई कार्वाही हुन् सक्ने सैनिक स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement